कोरोना जनसुरक्षा कोषमा सुर्य नेपालको १ करोड सहयोग

<span class='c1'>कोरोना जनसुरक्षा कोषमा सुर्य</span> <span class='c2'>नेपालको १ करोड सहयोग</span>

विराटनगर । नेपालको औद्योगिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको सुर्य नेपाल प्रा.लि ले प्रदेश नं. १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष मा १ करोड सहयोग उपलब्ध गराएको छ । सुर्य नेपालले कोरोना विरुद्धको लडाईमा प्रदेश सरकारलाई योगदान पुर्याउन सहयोग उपलब्ध गराएको हो ।

सुर्य नेपाल प्रा. लि का तर्फबाट कम्पनीका भाईस पे्रसिडेन्ट रवि केसीले शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई चेक हस्तान्तरण गरेका हुन् ।

कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणमा प्रदेश सरकारलाई थप सहज होस भन्ने उद्देश्यका साथ कम्पनीले नेपालका ७ वटै प्रदेशलाई रु. १ करोडका दरले कुल ७ करोड सहयोग उपलब्ध गराएको छ ।

 

सूर्य नेपाल प्रा.लि.ले भने आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरुमा प्रदेश सरकारलाई आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्