पठनपाठन सुचारू गराउन महानगरसँग प्याब्सन र एन–प्याब्सनको माग

पठनपाठन सुचारू गराउन महानगरसँग प्याब्सन र एन–प्याब्सनको माग

विराटनगर । कोभिड–१९ का कारणले विद्याथीहरुको पठनपाठन प्रभावित भएको भन्दै प्याब्सन नगर समिति र एनप्याब्सन विराटनगरले पठनपाठन सुचारु गर्न माग राखेका छन् ।
उनीहरूले शुक्रबार संयुक्त ध्यानाकर्षण पत्र विराटनगर महानगरपालिकालाई बुझाउँदै तत्काल विद्यालय सञ्चालनमा ल्याउने वातावरण मिलाई दिन माग गरेका हुन् ।

प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राई र एन–प्याब्सन नगर संयोजक राजनकुमार छाराहाङले गरेको हस्ताक्षरसहतिको ध्यानाकर्षण पत्रमा नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथाशीध्र निर्माण गरिनुपर्ने उल्लेख छ ।

 

यस्तै क्वारेन्टिनका लागि प्रयोग भएका विराटनगर वडा १३ मा रहेको डिएभी विद्यालयबाट क्वारेन्टिन अर्को स्थानमा स्थान्तरण गरी निर्मलीकरणको व्यवस्था गरिनुपर्ने, वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८०÷ १९० दिन पठनपाठन गनुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक विदाहरु कटौती गरि नयाँ शैक्षिक क्यालेन्डर निर्माण गनुपर्ने उल्लेख छ ।

यसैगरि शैक्षिक सत्र २०७७ मा विद्यालयहरुले शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धताको आधारमा शुल्कहरु संकलन गर्न पाउने व्यवस्था गरिनुपर्ने निजी विद्यालयहरुले शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता उठाउन नसकेको र शैक्षिक सत्र २०७७ सालको कुनै पनि शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई उचित सहयोगको व्यवस्था गरिनुपर्ने र घर जग्गा वहाल कर, व्यवसायिक कर लगायत अन्य महशुलहरुमा छुटको व्यवस्था महानगरपाकिाले गरिदिनुपर्ने ध्यानकार्षण पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्