विराटनगर भन्सारको राजश्व ५७.१३ प्रतिशतमा सिमित

<span class='c1'>विराटनगर भन्सारको राजश्व</span> <span class='c2'>५७.१३ प्रतिशतमा सिमित</span>

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७६÷२०७७ मा लक्ष्यको ५७.१३ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ ।
भन्सार कार्यालयलाई गत आर्थिक वर्ष २०७६÷२०७७ का लागि ४९ अर्ब ६४ करोड ६० लाखको लक्ष्य तोकिएकोमा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपिँया मात्रै संकलन भएको हो ।

कार्यालयले भन्सार महसुलबाट २१ अर्ब २० करोड १० लाखको लक्ष्यमा १२ अर्ब ०४ करोड २९ लाख, १५ हजार मूल्य अभिबृद्धि करतर्प २५ अर्ब ९३ करोड ५६ लाख २२ हजारको लक्ष्यमा १४ अर्ब ६७ करोड ७४ लाख ४७ हजार र अन्तःशुल्कतर्फ २ अर्ब ५० करोड ९४ लाख २४ हजारको लक्ष्यमा १ अर्ब ५५ करोड ३० लाख ६७ हजार रुपिँया असुली गरेको भन्सार कार्यालय सूचना अधिकृत सुनिता पौड्यालले जानकारी दिएकी हुन् ।

कोरोना भाईरस रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन अवधीको बैशाखमा कार्यालयले सबैभन्दा न्यून भन्सार राजश्व संकलन गरेको छ । बैशाखमा ३ अर्ब ९८ करोड १६ लाख ३३ हजारको लक्ष्य राखेकोमा २६.७० प्रतिशत अर्थात १ अर्ब ६ करोड ३२ लाख ५१ हजार रुपिँया संकलन भएको हो ।

लकडाउन अवधीको चैतमा ३७.८२, जेठमा ५०.६३ र असारमा ५६.५६ प्रतिशत राजश्व संकलन भएको सूचना अधिकृत पौड्यालले जानकारी दिनुभयो । जेठ महिनापछि क्रमशः भन्सार राजश्व उठ्दै गएपनि सन्तोषजनक अवस्थामा पुग्न सकेको देखिदैन ।
गत आर्थिक वर्षको चैत अगाडीका ८ महिनामा समेत विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन भएन । फागुन र माघ महिनामा क्रमशः ७६.८४ र ७६.२७ प्रतिशत राजश्व संकलन गरेको थियो । गतवर्षको सबैभन्दा बढी राजश्व संकलन यिनै दुई महिनामा भएको देखिन्छ ।

कार्यालयले पुसमा ५६.६२, मंसिरमा ६२.२२, कार्तिकमा ५९.१०, असोजमा ४९.७७, भदौमा ६५.९९ र साउनमा ६८.१० प्रतिशत भन्सार राजश्व संकलन गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ मा समेत लक्ष्य भन्दा ७ अर्ब ११ करोड ४१ लाख रुपिँया रावश्व न्यून संकलन भएको थियो । आर्थिक वर्ष २०७५÷२०७६ मा ४२ अर्ब ५३ करोड १९ लाख संकलनको लक्ष्य राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्