विराटनगरमा दुई दिनपछि वेवारिसे नागरिकको उद्धार

विराटनगरमा दुई दिनपछि वेवारिसे नागरिकको उद्धार

विराटनगर । विराटनगर–७ बाटारोडमा २ दिनदेखी बिरामी अवस्थामा थलिएका एकजना पुरुषको शनिबार उद्धार गरिएको छ ।
सुनसरी प्रकाशपुर घर र कृष्ण कार्की नाम बताउने अन्दाजी ६० बर्षका उनलाई स्थानीयको दवावपछि विराटनगर महानगरपालिकाले दुई दिनपछि उद्धार गरेको हो ।


स्थानीय हरिकृष्ण अग्रवालका अनुसार उनी दुई दिनदेखि पसल बाहिर बस्दै आएका थिए । कोरोना संक्रमणको त्रासका बीच अपरिचित व्यक्तिलाई देखेपछि स्थानीयले महानगरपालिकालाई खबर गरेर उद्धारका लागि आग्रह गर्दै आएको थियो ।


यस अघि पनि उक्त स्थानमा एक वेवारिसे पुरुष मृत अवस्थामा भेटिएका कारण स्थानीयलाई थप त्रास थियो । शनिबार उद्धार गरिएका व्यक्तिपनि सडक आश्रित हुनसक्ने आशंका गरिएको छ ।

विराटनगरका युवा अभियन्ता पेरिस सुवेदीले बिरामी अवस्थामा थलिएर वेवारिसे नागरिकलाई तत्काल उद्धार गर्न महानगरपालिकालाई दुईदिन अगाडी नै आग्रह गरिएपनि चासो देखाएको थिएन । घरपरिवार र आफन्तबाट बिमुख भई सडक आश्रित भएका नागरिकलाई राज्यले संरक्षण गर्नुपर्ने दायित्व हुने भएपनि महानगरले तत्काल वास्ता नगर्नु दुःखद् भएको सुवेदीको भनाई छ ।

विराटनगर महानगरपालिकाका नगररक्षकको टोलिले एम्बुलेन्समा राखेर उद्धार गरिएका नागरिकलाई कोशी अस्पतालमा भर्ना गरेको छ । बिरामी भएर थलिएका उनको आकस्मिक कक्षामा उपचार भईरहेको छ । स्पष्ट बोल्न नसक्ने उनको पेट र खुट्टा सुनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्