मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

<span class='c1'>मन्त्री घिमिरेद्धारा योजनाको</span> <span class='c2'>साप्ताहिक अनुगमन</span>

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन गरेका छन् ।
हरेक साताको शनिबार मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न भएका योजनाहरुको अनुगमन गर्ने कार्यलाई मन्त्री घिमिरेले निरन्तरता दिएका हुन् ।


निर्वाचन क्षेत्रका योजनासँगै स्थानीयवासीसँग छलफल तथा आगामी दिनका लागि योजना छनौटका विषयमा समेत छलफल हुने गरेको छ । स्थानीयवासीका गुनासा, योजना निर्माणपछिका फाईदा, आगामी दिनमा गर्नुपर्ने कामका लागि सुझाव लिने कामले निर्वाचन क्षेत्रका सर्वसाधारण नागरिकले खुशी समेत व्यक्त गर्ने गरेका छन् ।

 

निर्वाचन क्षेत्र नं. ४ (ख) अन्र्तगतको विराटनगर–२ मा निर्माण भईरहेका र निर्माण सम्पन्न भएका योजनाहरुको अनुगमन शनिबार गरिएको हो । विराटनगर २ मा आर्थिक वर्ष २०७६÷०७७ मा निर्वाचन क्षेत्रगत रुपमा १ करोड १८ लाखका योजना तथा कार्यक्रम समेटिएको थियो ।


विराटनगर २ को वडा कार्यालयबाट सोमबारे हाट जाने र मुनाल चौक पूर्वको नाला तथा ग्राभेलका लागि ५० लाख, विराटनगर हनुमान मन्दिर पार्क निर्माणका लागि १५ लाख, ओशो ध्यान केन्द्रदेखि उत्तर सुकुम्वासी टोलको सडक निर्माणका लागि १० लाख, सनातन धर्म सेवा समाज सोमबार सामुदायिक भवन निर्माणका लागि १० लाख, एप्लाईड कलेज जाने सडकको नाला निर्माणका लागि १० लाख, छठिमाता मन्दिरका लागि १० विनियोजन गरिएको थियो ।

 

सांसद विकास कोषमार्फत गत आर्थिक वर्षमा विराट सामुदायिक विकास केन्द्रका लागि ५० हजार, महेन्द्र रात्री माविमा खानेपानी निर्माणका लागि ५ लाख, शंकरपुर आधारभुत विद्यालयमा सूचना प्रविधि कार्यक्रमका लागि २ लाख ५० हजार निनियोजन गरिएको थियो । मन्त्री घिमिरेसँगै स्थानीयबासी उपभोक्ता समितिहरुले सडक, भवन लगायतका योजनाहरुको अनुगमन गर्नुभएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्