भारतमा केस मुण्डन गरिएका पुजारी नक्कली नेपाली

भारतमा केस मुण्डन गरिएका पुजारी नक्कली नेपाली

विराटनगर । नेपालका प्रधानमन्त्री र नेपाल विरुद्ध अफवाह फैलाउन विश्व हिन्दु सेनाले भारतको बनारसमा नक्कली नेपाली पुजारी खडा गरेको रहस्य खुलेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमै पर्छ भनेपछि त्यसको प्रतिवादमा बनारणमा नेपाली पुजारीको केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएका व्यक्ति नेपाली नभएको खुलेको हो ।

बाराणसी प्रहरीले ती व्यक्ति भारतीय नागरिक नै भएको र पैसा लिएर अभिनय गराएको तथ्य बाहिर ल्याएको हो । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो बनाएर सामाजिक सञ्जालमा प्रचार गराएको थियो ।

भिडियोमा केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दाबादको नारा लगाउन समेत लगाइएको थियो ।
भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई पक्राउ समेत गरेको थियो । विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो ।

 

दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेर घटनाको विषयमा जानकारी लिएका थिए । त्यसक्रममा मुख्यमन्त्री योगीले पनि घटनामा संलग्नलाई सख्त कारवाही गर्ने आश्वासन दिएका थिए ।
तर, पीडित भनिएका व्यक्तिलाई प्रहरीले खोजी गरेर सम्पर्कमा ल्याउँदा उनी भारतीय नागरिक नै रहेको र एक हजार रुपैँया लिएर अभियन गरेको बताएका थिए । शनिबार बाराणसी प्रहरीले उनलाई भेटाएको हो ।

घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिसकेको भन्दै बाराणसी प्रहरीले भनेको भिडियोमा देखाइएको व्यक्ति भारतीय नागरिक हुन् । उनको जन्म बाराणसीमा भएको र उनका परिवारका सदस्य सरकारी सेवामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्