मोटरसाईकल दुर्घटना मृत्यु

मोटरसाईकल दुर्घटना मृत्यु

विराटनगर । झापाको कमल गाउँपालिका–३ केर्खामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ९८२६ नम्बरको मोटरसाईकलले सडकमा उभिरहेको राँगालाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक झापा गाउँपालिका–६ का २७ बर्षीय प्रदिप लम्सालको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

घाइते लम्साललाई लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा शनिबार राती बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सोही मोटरसाईकलमा रहेका २६ बर्षीय धर्मेन्द्र सुवेदी घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्