गणित समाजमा प्रा.डा.राउत

गणित समाजमा प्रा.डा.राउत

विराटनगर । नेपाल गणित समाज प्रदेश नम्बर १ को अध्यक्षमा सहप्राध्यापक प्रा.डा.मनोज राउत चयन भएका छन् । समाजको केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज भट्टको प्रमुख उपस्थितिमा भएको भर्चुयल भेलाले अध्यक्षमा राउतलाई सर्वसम्मत चयन गरेको हो ।

राउत विराटनगरस्थित स्नातककोत्तर क्याम्पसका पूर्व क्याम्पस प्रमुख पनि हुन् । नवनिर्वाचित अध्यक्ष राउतले गणितलाई सरलिकरण, सहजिकरण र सबलिकरण गर्दै जनस्तरले बुझ्ने बनाउने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष राउतले सल्लाहकार सदस्यहरु प्रा.डा. राजनारायण यादव, प्रा.डा.राजुराम थापा, केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज भट्ट लगायतको समिति घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्