विराटनगरमा ‘तपाईको मास्क खोई’ अभियान

विराटनगरमा ‘तपाईको मास्क खोई’ अभियान

विराटनगर । लकडाउन खुकुलो भएसँगै विराटनगरवासीहरुले मास्कको प्रयोग नगरेको भन्दै ‘तपाईँको मास्क खोई’ अभियान सुरु गरिएको छ । घर बाहिर निस्केका नगरवासीलाई मास्क नलगाई नहिड्न सचेतना जगाउँदै मास्क वितरण गर्ने अभियान चलाइएको हो ।


जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीको संयुक्त आयोजनामा मास्क खोई अभियान अन्तर्गत विराटनगर–२ स्थित तीनपैनी चोकमा आइतबार ५०० जनालाई मास्क वितरण गरिएको छ । ¥यालीसहित दुर्गाचोक, सोमबारे हाट हुँदै पुनः तीनपैनी चोकसम्मका मास्क नलगाई भेटिएका नागरिकलाई मास्क लगाउन सचेतना गरिएको थियो ।

कार्यक्रममका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काज्यूले लकडाउन केही खुकुलो हुँदा विराटनगरवासीले मास्कको प्रयोग नगरेको कारण उक्त कार्यक्रमको आयोजना गर्नु परेको बताएका थिए । अहिले पहिलो चरणमा कोभिड(१९ संक्रमण विरुद्धका सुरक्षात्मक मापदण्ड पालना गराउन जनतालाई सम्झाई बुझाई गर्दै निःशुल्क मास्क वितरण गरिने भएको छ । सरकारले तोकिदिएको मापदण्ड अवज्ञा गरियो भने मास्क नलगाई हिड्ने व्यक्तिलाई होल्डिङ गर्ने लगायतका संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाही गरिने खड्काको दावी छ ।

कार्यक्रममा विराटनगर महानगरपालिका उप–मेयर ईन्दिरा कार्कीले प्रभावकारी अभियानको शुरूवात भएको धारणा राखेकी थिइन् ।
सामाजिक कार्यमा विराटनगर महानगरपालिका सहकार्य गर्न सदैव तत्पर रहेको बताउँदै उनले विराटनगर महानगरपालिकावासीसँग कोरोना सुरक्षा सम्बन्धी मापदण्ड पालना गरिदिन अनुरोध समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्