विराटनगर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) को २३ औं स्थापना दिवसको अवसरमा रक्तदान गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) प्रदेश नं १ को आयोजनामा २३ औं स्थापना दिवसको अवसरमा विराटनगर बसपार्कमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा जिफन्टमा आवद्ध संघसस्था लगायत अन्य सहभागीले रत्तदान गरेका थिए । रक्तदान कार्यक्रममा ४१ जनाले रत्तदान गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) प्रदेश नं १ का अध्यक्ष किशोर धमालाले जानकारी दिए ।