विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलबाट अवैध काठ बोकेर विराटनगरतर्फ आउँदै गरेको ट्याक्टरसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी अवैध काठको गोलिया चोरी गरेर विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ र नियन्त्रण गरेको हो ।
कटहरीबाट खटिएको प्रहरी टोलीले कटहरी गाउँपालिका वडा रंगेली नगरपालिका–३ बस्ने बर्ष २७ को चालक मेघनाथ मण्डल, विराटनगर ६ रामपुर बस्ने बर्ष २० को सह–चालक ओम प्रकाश कुमार यादवलाई ट्रयाक्टर सहित पक्राउ गरेको हो ।
उनीहरुले कटहरी–४ रामपुर चौकबाट रुखको गोलिया चोरी गरेर विराटनगरतर्फ बिक्रीका लागि ल्याएको प्रहरीको आरोप छ । चालक र सहचालक तथा ट्याक्टर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाउने काम भईरहेहको मोरङ प्रहरीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिएका छन् ।