विराटनगर । भर्खरै स्थापना भएको समृद्ध नेपाल क्लवले विराटनगरको ट्राफिक चौकमा सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।

कोरोना भाइरसको महामारीको जोखिम न्यूनीकरणमा सामाजिक संस्थाको दायित्व अन्तर्गत क्लवले मास्क वितरणा गरेको हो ।

कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणमा सानो संस्थाले समेत केहि योगदाान पु¥याऊँ भन्ने उद्देश्यले सामाजिक कार्यमा गरिएका संस्थापक स्वेता तुलाधारले जानकारी दिइन् । उनका अनुसार क्लवले २ हजार मास्क वितरण गरेको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राकेश पोद्दारको समेत उपस्थिति रहेको थियो ।