विराटनगर । तेह्रथुमको लालीगुरास–९ बस्ने ३६ बर्षीया अंजना लिम्बुलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ ।
जिल्लाको जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माईती घरतर्फ जाने क्रममा ढाडेखोला तर्दै गर्दा अंजनालाई सोमबार दिउसो १२ बजे खोलाले बगाएर वेपत्ता बनाएको थियो ।
बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा दिउसो ३ बजे १ किलोमिटर तल खोलाको बिचमा काँठमा अल्झिएको अबस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । साथै अंजनासंगै गएका उनका श्रीमान भने खोलाबाट निस्कन सफल भएका छन ।