९२८ को परीक्षण, १२ जना संक्रमित

९२८ को परीक्षण, १२ जना संक्रमित

विराटनगर । प्रदेश १ मा सोमबार १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८०५ पुगेको छ ।

प्रदेश १ मा सोमबार नै ८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर)बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७१० पुगेको छ ।

प्रदेश १ मा सोमबार ९२८ जनाको कोरोना परीक्षण गरिएको छ । १८५ जना महिला र ७४३ पुरुषको कोरोना परीक्षण गरिएको हो । प्रदेश १ मा ३६ हजार ३९१ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्