धनकुटाका ५ घर विस्थापित, लेउती र गर्जुवा खोलाको कटानले गर्जुवा गाउँ जोखिममा

धनकुटाका ५ घर विस्थापित, लेउती र गर्जुवा खोलाको कटानले गर्जुवा गाउँ जोखिममा

इश्वर थापा

धनकुटा । निरन्तरको बर्षाका कारण धनकुटा जिल्लामा ५ घर विस्थापित भएका छन् । वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका–१ हिलेका २ घर विस्थापित भएका हुन ।


पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो । यस्तै महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका दिपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवारलाई स्थान्तरण गरिएको छ ।

यस्तै साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जुवा खोलामा आएको बाढीले दुवै खोलाको संगम स्थलमा रहेको ९ घरपरिवारको बस्ती उच्च जोखिममा परेको छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गरेपछि वस्ती जोखिममा परेको हो ।

खोलामा पानीको वहाव वढिरहेकोले त्रास रहेको स्थानीय यामबहादुर राईले बताउनु भयो । गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्ग समेत पटक पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताउनुभयो ।

पानी पर्ने वित्तिकै गर्जुवाको सिरमा पहिरो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको हो । सोमबार दिउँसो खोलामा आएको बाढीले धरानबाट धनकुटा आउँदै गरेको धनकुटा नगरपालिकाको को १ झ ५८४ नम्बरको गाडी आधा भाग पुरेको थियो ।

सडक डिभिजन कार्यालयले बाटोको पहिरो पन्छाउन परिचालन गरेको डोजरको सहायताले गाडि निकालिएको गाडिमा सवार धनकुटा नगरपालिकाका कार्यक्रम संयोजक सिताराम गौतमले बताउनुभयो । पहिरोले छिन् छिनमै बाटो अवरुद्ध भइरहने र डोजरले खुलाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्