रंगेलीमा पहिलो जिमखाना

रंगेलीमा पहिलो जिमखाना

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेलीमा पहिलो जिम खाना सञ्चालनमा ल्याइएको छ । रंगेली नगर युवा क्लवले नगरपालिका समेतको लगानीमा जिल्लाको दक्षिणवर्ती क्षेत्रमा पहिलो पटक जिमखाना खोलेको हो ।

जिमखानाको रंगेलीका मेयर दिलिप बगडीयाले औपचारिक रुपमा सोमबार उद्घाटन गरेका थिए । सरकारले कोरोना संक्रमण जोखिमको क्षेत्र मान्दै आएको जिम तथा सैलुन सञ्चालनका लागि स्वीकृति भने दिइएको छैन । तर, स्थानीय तहका प्रमुखले भने जिमखानाको धमाधम उद्घाटन गरिरहेका छन् ।

रंगेलीको जिमखानामा नगरपालिकाले समेत पाँच लाख रुपैँया लगानी गरिदिएको युवा क्लवका अध्यक्ष निरज साहले जानकारी दिएका छन् । नागरिकको स्वास्थ्य तन्दुरुस्तीलाई ख्याल गर्दै स्थानीय सरकारले लगानी गरेको मेयर बगडीयाको दावी छ ।


उनले अब वडास्तरमा नै व्यायमशाला स्थापना गर्ने योजना रहेको बताएका छन् । बिहान र साँझको समयमा फुर्सदिला युवाहरुलाई व्यायमशालामा उपस्थित गराउने लक्ष्य राखिएको हो ।

नगरपालिकाको सहयोगमा स्थापना गरिएको व्यायमशालामा क्लवले थप लगानी जुटाएको हो । क्लवले संस्थागत रुपमा पाँचलाख रुपैँया लगानी गरेको छ । मोरङको विराटनगर, पथरी, उर्लावारी र रंगेलीमा समेत गरि ४४ वटा व्यायमशाला स्थापना भईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्