विरेन्द्र सभागृहको पुर्ननिर्माणका लागि १२ करोड ऋण सम्झौता

विरेन्द्र सभागृहको पुर्ननिर्माणका लागि १२ करोड ऋण सम्झौता

विराटनगर । विराटनगर महानगरपाकिलाले बीरेन्द्र सभागृहलाई पुर्ननिर्माण गरेर आधुनिक बनाउने तयारी गरेको छ । महानगर भित्रको एकमात्रै सभागृहलाई रेक्ट्रोफिटिङ गरेर आधुनिक स्वरुपमा बदल्ने योजना महानगरले अगाडी सारेको हो ।

पूर्व स्थानीय तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सभागृह मर्मतका लागि चार करोड रुपैँया बजजेटको प्रवन्ध गरेका थिए । तर, उक्त रकम कार्यन्वयन नगरेको महानगरले ऋण लिएर सभागृहको पुर्ननिर्माण गर्ने भएको हो ।

महानगरपालिका मेयर भीम पराजुलीले बीरेन्द्र सभागृह पुर्ननिर्माणका लागि नेपाल सरकारको नगर विकास कोषसँग ऋण सम्झौता गरिएको बताएका छन् । महानगरपालिकाले कोषबाट १२ करोड ऋण सहयोग लिएर सभागृहको पुननिर्माण अगाडि बढाएको हो ।

बीरेन्द्र सभागृह पुनर्निर्माण गर्न २७ करोड लाग्ने अनुमान गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार सभागृहको अहिलेको स्वरुपमा व्यापक परिवर्तन गर्ने योजना छ ।

सभागृहलाई रेक्ट्रोफिडिङ मार्फत मर्मत गरिने छ भने सभागृह भित्र बिशिष्ट पाहुना कक्ष, मिडिया क्याबिनेट, केन्द्रीय वातानुकुलित सुविधा समेत रहने मेयर पराजुलीको दावी छ । ‘भिआइपी कक्ष, मिडिया क्याबिनेट लगायत सबै प्रकारका सुविधाहरुको त्यहाँ प्रवन्ध मिलाउने गरि निर्माण प्रक्रियाका लागि बोलपत्र आह्वान गरिएको हो ।

महानगरपालिकाले बोलपत्र आह्वानको सूचना प्रकाशित गरि आवेदन लिईसकेको र ठेकेदार कम्पन्नी छान्न र सम्झौता बाँकी रहेको हो । मेयर पराजुलीका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्