आजदेखी सुरुभयो साउने सोमबार, विराटनगरका शिवमन्दिरमा विगतको बर्ष झैं देखिएन चहलपहल

आजदेखी सुरुभयो साउने सोमबार, विराटनगरका शिवमन्दिरमा विगतको बर्ष झैं देखिएन चहलपहल

प्रेम देवान
विराटनगर । आज साउन महिनाको पहिलो सोमबार । आज बिहानैदेखि मुलुकभरका विभिन्न स्थानमा रहेका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजन विगतका बर्षमा भन्दा कम देखीए ।


साउने सोमबारका अवसरमा व्रतबसी बिहानैदेखि मन्दिरहरुमा पुजापाठ गर्ने भत्तजनहरुको अन्य बर्षको तुलनामा यसपटक खासै भिड देखिएन । यसको पहिलो कारण हो कोरोना भाईरस कोभिड १९ र निरन्तर परेको झरी ।
यता विराटनगरमा रहेका विभिन्न स्थानका शिव भगवानका मठ मन्दिरहरुमा पनि विगतका बर्ष भन्दा कम भत्तजनहरुको उपस्थिती देखिन्थे । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको विराटनगर १३ मा रहेको श्री मनोकामेश्वर शिव मन्दिरका पण्डित जवार झाले बताउनुभयो ।


रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले मन्दिरहरुमा भरिभराउ हुने विगतका वर्षहरुमा तर यसपटक भने मन्दिरमा कम देखिए भक्तजनहरु । मन्दिरमा आँउने अधिकास भत्तजनहरुले परिवारीक सुखशान्त्ती एवम कोरोना भाईरस हटोस भनेर समेत भगवानसँग कामना गरे ।
विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने प्रचलन छ । साउन महिना शिवजीसँग जोडिएको महिना भएका कारण साउन महिनाको हरेक सोमबार सानै उमेरदेखी व्रत बसी भगवान शिवको पुजापाठ गर्दै आएको विराटनगर १३ सैनिक टोलकी स्थानिय अर्चना ढुङ्गेलले बताउनुभयो । प्रकृति र महिला रमाएको राम्रो देखिने हुनाले यो मौसम महिलाहरुका लागी विशेष हुने ढुङगेलको भनाई छ । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ ।

 

साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल, गाईको दूध लगायत अर्पण गर्ने परम्परा छ ।
वर्षमा एक पटक साउन महिनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता रहदै आएको छ । सम्पुर्ण हिन्दुधर्मालम्बी दिदिबहीनीहरुमा साउने सोमबारको हार्दिक मंगलमय शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्