सप्तकोशीमा पानीको वहावले खतरा तह पार ग¥यो

सप्तकोशीमा पानीको वहावले खतरा तह पार ग¥यो

विराटनगर । लगातारको वर्षाले सप्तकोशी नदीमा जलसतहले खतराको तह पार गरेको
छ । कोशी कन्ट्रोल रुमका अनुसार मंगलबार बिहान ६ बजेको मापनमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको छ ।

रातीदेखि प्रत्येक घण्टामा १० क्यूसेक पानीको वहाव बढ्दै गईरहेको छ । सप्तकोशीका ५६ मध्ये ४६ गेट खोलिएका छन् । सुनसरी र सप्तरी जिल्लाका नदि तटिया क्षेत्रका सर्वसाधारणलाई सतर्क रहेका लागि कन्ट्रोल रुमले रातभर नै जानकारी गराएको थियो ।

कन्ट्रोल रुमले रातभर रातो वत्तिसहितको अलर्ट साइरन बनाएको थियो । कोशी नदी तटका बासिन्दालाई नदी आसपास नजान गए रातिदेखि नै सूचित गरिएको छ।सोमबार राति १ बजेको मापन अनुसार २ लाख ९१ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको थियो । राति १२ः२१ बजेको मापनमा २ लाख ८४ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्