अस्पतालमा नै सामाजिक दुरी कायम छैन

अस्पतालमा नै सामाजिक दुरी कायम छैन

विराटनगर । लकडाउन खुकुलो भएसँगै आम नागरिकले सामान्य सुरक्षा र सतर्कता नअपनाएको देखिएको छ । समय–समयमा २० सेकेण्डसम्म हात धुने, मास्क लगाउने, भिडभाड भएको ठाउँमा नजाने, हात न मिलाउने तथा सामाजिक दुरी कायम गर्ने जस्ता सुरक्षा र सतर्कता अपनाइएको छैन ।

बारम्बार सामाजिक दुरी कायम गर्न आग्रह गर्दै आए पनि विराटनगर स्थित कोशि अस्पतालमा त्यसको पालना हुन सकेको छैन । अस्पतालले आफ्नो सेवा प्रवाहलाई व्यवस्थित नगर्दा दैनिक ओपीडी, प्रयोगशाला र एक्स–रे कक्षमा भीड लाग्ने गरेको छ । सामान्य अवस्थामा दैनिक १२ सयदेखि १५ सय सेवाग्राहीहरु आउने अस्पतालमा अहिले दैनिक ६ सय विरामी आइरहेको रेकर्ड छ ।

चाहेर पनि अस्पताल परिसरमा सामाजिक दुरी कायम गर्ने अवस्था नरहेको कटहरी –६ का नरेश राजवंशीले बताउनुभयो ।
अस्पतालले अस्पताल परिसरभित्र हात धुने,मास्क लगाउने, सामाजिक दुरी कायम गरेर स्वास्थ्य सेवा लिने सूचना टाँसेको छ । तर, नागरिक स्वयमं सचेत नहँुदा अस्पताल परिसरमा सामाजिक दुरी कायम गर्न कठिनाई भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्ड डा.चुमनलाल दासले बताउनु भयो ।
स्रोत ः हाम्रोमत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्