सुन्दरहरैंचाबाट फटाहा कान्छा पक्राउ

सुन्दरहरैंचाबाट फटाहा कान्छा पक्राउ

विराटनगर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय सुनसरीले १९ वर्ष पछि पक्राउ गरेको छ ।
प्रहरीले लकडाउनको समयमा घर आएका मोरङ सुन्दरहरैंचा–६ महेश्वर मार्गका ३७ वर्षीय फटाहा कान्छा भनिने प्रेम मोक्तानलाई पक्राउ गरेको हो ।

फटाहा कान्छासहित अर्का रमित मोक्तानले २०५८ साल बैशाख ४ गते इटहरी उपमहानगरपालिका–१ का रोशन चौधरीलाई छुरा प्रहार गरि फरार भएका थिए । उनीहरु विरुद्धको परेको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि फरार प्रतिवादीको रुपमा लुकिछिपि देशका विभिन्न भागमा बस्दै आएका थिए ।

लकडाउनमा घर फर्केका फटाहा कान्छालाई गत असार १८ गते उनकै घरबाट नियन्त्रणमा लिइएको इलका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत मानबहादुर श्रेष्ठले जानकारी दिइएका हुन् । प्रहरीले उनी घरमा आएको विशेष सुचनाका आधारमा नियन्त्रणमा लिई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्