विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–११ मा ३ बर्षीय बालक संजिव दनुवारको पैनिमा डुबेर मृत्यु भएको छ ।
आफ्नै घर अगाडी रहेको पैनीमा सोमबार दिउँसो डुबिरहेको अवस्थामा आफन्तले उनको उद्धार गरी उपचारको लागी बिराट नर्सिङहोम बिराटनगर ल्याएका थिए ।
बालकको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषि ढकालले जानकारी दिनुभयो ।