तीन घण्टापछि खोलामा फसेका दुईजनाको सकुशल उद्धार

<span class='c1'>तीन घण्टापछि खोलामा फसेका</span> <span class='c2'>दुईजनाको सकुशल उद्धार</span>

विराटनगर । अबिरल बर्षाका कारण ईलामको माई खोलामा आएको बाढीमा फसेका माईजोगमाई गाउँपालिका–५ का ६६ बर्षीय लोक बहादुर नेम्वाङ र ३० बर्षीय जोजो लिम्बुलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

माई खोला नजिक रहेको आफ्नो गोठबाट घरतर्फ फर्कने क्रममा बाटोलाई खोलाले कटान गरी खोलाको बिचमा फसेका उनीहरुलाई सोमबार बेलुका उद्धार गरिएको प्रदेश १ प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय ईलाम, ईलाका प्रहरी कार्यालय नयाँ बजार र अस्थायी प्रहरी पोष्ट बिप्लाटेबाट खटिएको प्रहरी टोलीले डोरीको सहायताले राती १० बजे सकुशल उद्धार गर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्