विराटनगर । प्रदेश १ मा मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरङ र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उदयपुरको वेलकामा ५ पुरुष, ३ महिला, मोरङको धनपालथामा २, रतुवामाई र कटहरीमा १–१ पुरुष, झापाको मेचीनगरमा २, दमक र गौरीगञ्जमा १–१ पुरुष, इलामको इलाम नगरपालिकामा २ पुरुष र स्थायी ठेगाना सर्लाही भएका सुनसरीका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८२४ पुगेको छ । प्रदेश १ बाट ७१० जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा मंगलबार ६६९ जनाको कोरोना परीक्षण गर्दा ३ महिला र १६ जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिइएका हुन् । उनका अनुसार प्रदेश १ मा ३७ हजार ६० जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ हजार २३६ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।