विराटनगरमा बिद्युत प्रसारणलाइन भूमिगत गरिने

विराटनगरमा बिद्युत प्रसारणलाइन भूमिगत गरिने

विराटनगर । विराटनगरमा बिद्युत प्रसारणलाइन भूमिगत गरिने भएको छ । महानगर क्षेत्रको प्रसारणलाइनलाई भूमिगत गर्ने योजना अन्तर्गत चालु आर्थिक वर्षमा प्रक्रियाको थालनी गरिने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र उर्जा मन्त्रालयका सचिवले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसँग केहिदिन अगाडी यस विषयमा छलफल गर्नु भएको छ । देशका प्रमुख शहरमा बिद्युतको प्रसारणलाइन व्यवस्थित गर्ने योजना अन्तर्गत काठमाण्डौमा अगाडी बढिसकेको छ ।

विराटनगरमा समेत योजनालाई अगाडी बढाउन महानगरपालिकाका मेयर पराजुलीले कार्यकारी प्रमुख घिसिङसँग आग्रह गर्नु भएको थियो । त्यसै विषयमा यो साता काठमाण्डौमा विराटनगरमा विद्युत लाइन भूमिगत गर्न सहमति जुटेको प्रमुख पराजुलीले जानकारी दिनुभयो ।

महानगरमा विद्युत भोल्टेजको समस्या रहेका ठाउँहरुमा भोल्टेज सुधारको योजना समेत अगाडी बढाउने प्रस्ताव मागिएको छ । तर, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले गतवर्ष ल्याएका ट्रान्सफर्मर राख्न निक्कै असजिलो भएको थियो । व्यक्तिका जमिनमा ट्रान्सफर्मर राख्न नदिने र घर नजिक समेत राख्न नपाउने भन्दै विरोध बढेपछि प्राधिकरणलाई असजिलो भएको थियो ।

महानगरका मेयर पराजुलीसँगको छलफलका क्रममा लाइन भूमिगत गर्ने विषयमा यो वर्ष डीपीआर तयार पार्ने सहमति भएको छ । विद्युत गुणस्तर सुधार र भोल्टेज व्यवस्थापनको काम यसै वर्ष सम्पन्न गर्ने समझदारी भएको प्रमुख पराजुलीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्