मोरङ प्रहरीका माहतका २० युनिटलाई औषधी वितरण

मोरङ प्रहरीका माहतका २० युनिटलाई औषधी वितरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले जिल्ला प्रहरी कार्यालय मोरङलाई प्राथामिक उपचारमा प्रयोग गरिने औषधी वितरण गरेको छ । संघले मंगलबार मोरङ प्रहरी माहतमा रहेका २० यूनिटलाई पुग्ने प्राथामिक उपचार बक्स वितरण गरेको हो ।

संघका अध्यक्ष लक्ष्मी तिम्सिनासहितको पदाधिकारीहरूले मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्कालाई प्राथामिक उपचार बक्ससहितको औषधी हस्तान्तरण गरेका छन् । सुरक्षामा खटिने प्रहरीलाई डियूटिको समयमा कुनै पनि चोटपटक लागि हालेको खण्डमा संघले प्रदान गरेको औषधी प्रयोग गर्न सकिने नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

संघले यसअघि पनि मोरङको आधा दर्जन प्रहरी युनिटहरूमा स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर समाजिक कार्य अनुरूप प्रहरीलाई औषधी र स्वास्थ्य सामाग्री प्रदान गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

सुरक्षामा खटिने प्रहरीलाई यस्ता औषधीले ठूलो सहयोग पुग्ने मोरङ प्रहरीका प्रमुख एसपी खड्काले बताए । सहयोग प्राप्त औषधी मोरङ प्रहरी मातहतमा रहेको युनिटमा वितरण गरिने एसपी खड्काले जानकारी दिए ।

यस अघि संघले इलका प्रहरी कार्यालय पथरी, बेलबारी, उर्लाबारी, लेटाङ्ग, रङ्गेली, सिजुवा सेनिटाइजर, मास्क र पन्जा वितरण गरिसकेको संघका महासचिब दिनेश ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्