बेलबारीबाट अबैध औषधी बिक्री गर्ने ३ जना पक्राउ

<span class='c1'>बेलबारीबाट अबैध औषधी बिक्री</span> <span class='c2'>गर्ने ३ जना पक्राउ</span>

विराटनगर । क्लिनिकबाट अबैध औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई पक्राउ गरिएको छ । मोरङको बेलवारी नगरपालिका–६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अबैध औषधीसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

अवैध औषधीहरुको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका संचालक स्थानीय १९ बर्षीय सुसाङ कुमार चौधरी र सोही औषधी पसलमा अबैध औषधी किनी रहेका बेलवारी–५ का २३ बर्षीय शिबजी चौधरी तथा धरान–१७ का २१ बर्षीय किसनलाल थारुलाई पक्राउ गरिएको हो ।

टेक्निकल क्लिनिकबाट ट्रामाडोल क्याप्सुल आईपी ५० को १३ हजार ६०० क्याप्सुल, डिकोलिक २ हजार क्याप्सुल, स्पास्मो २८० क्याप्सुल, एन्टीकोफ ७५० क्याप्सुल, एसिडोल एक हजार क्याप्सुल, प्रिगासोफ्ट ९६० क्याप्सुल, एस्पास्पेन ४ हजार क्याप्सुल, प्रिगेलिन २०० क्याप्सुल, सर्जिडोल १८० क्याप्सुल, कोताफ २३० क्याप्सुल बरामद गरेको प्रदेश प्रहरी कार्यालय सूचना समन्वय शाखाले जानकारी दिइएको छ ।

साथै औषधी किन्ने शिबजी चौधरीको साथबाट स्पास्पेन ४० क्याप्सुल तथा किसनलाल थारुको साथबाट प्रिगासफ १० क्यापसुल र कोताफ औषधी १० क्याप्सुल बरामद गरिएको प्रहरीले जानकारी गराएको छ । अबैध औषधी सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । प्रहरीले पछिल्लो समय बेलबारी क्षेत्रमा बढ्दै गएको लागुऔषध दुव्र्यसनीको संख्यालाई आधार मानेर अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्