विराटनगरमा सुरुभयो ‘दोकानसेवा’, घर घरमा सामान उपलब्ध हुने

<span class='c1'>विराटनगरमा सुरुभयो ‘दोकानसेवा’, घर</span> <span class='c2'>घरमा सामान उपलब्ध हुने</span>

विराटनगर । कोरानो भाईरस (कोभिड १९) को महामारीले गर्दा बजार जान समस्या हुनेहरुका लागी अब घर घरमा नै सामान पुर्याउने व्यवस्था मिलाइएको छ ।
विराटनगरका ५ जना युवा व्यवसायीहरुको समुहले संचालनमा ल्याएको दोकानसेवा मार्फत अब घर तथा कार्यालयमा चाहिने सामाग्री अनलाईनबाटै खरिद गर्ने व्यवस्था भएको छ ।
दैनिक जीवनमा आवश्यक पर्ने घरायसी सामाग्री अब सजिलो माध्यम बनाउने संचालकहरुको योजना रहेको छ । दोकानसेवा मार्फत घरमा चाहिने घरायसी खाद्यान्न सामाग्री, फलफुल, माछा मासु लगायत अन्य दैनिक उपभोग्य सामाग्रीहरु अर्डर गरे अनुसार घरमा नै उपलब्ध हुने दोकान सेवाका संचालक गगन तोदीले जानकारी दिनुभयो ।
तोदीका अनुसार दोकानसेवाबाट घरमै बसी बसी फोन , वाट्सएप, दोकानसेवाको मोबाइल एप्स, फेसबुक पेज तथा वेभसाइटमा अर्डर गरे सेवाग्राहीको घरमा नै सामान पुर्याउने व्यवस्था रहेको छ । तोदीले भने, ‘कोरोना भाइरसले गर्दा बजार जान अफठ्यारोमा परेका व्यक्तिलाई सहज हो भन्ने उद्देश्यका साथ हामीले यो व्यवसाय संचालनमा ल्याएका हौँ ।

विराटनगर ६ स्थित कृषी भवन छेउमा रहेको कार्यालयबाट दोकान सेवा गत साउन १ गतेबाट नै संचालनमा आएको हो ।

यसै बिच सेवाग्राहीको सजिलोका लागि दोकान सेवाले आफ्नो मोबाइल एप समेत संचालनमा ल्याएको छ । उक्त एप एन्ड्रोइडको प्ले स्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्