खोलाले बगाएर र पहिरोले पुरेर २ जनाको मृत्यु

खोलाले बगाएर र पहिरोले पुरेर २ जनाको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–७ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । पहिरोका कारण ३ जना घाईते भएका छन् ।
मंगलवार राती साँढे १० बजे घर माथीबाट खसेको पहिरोमा पुरिएर १५ बर्षीय बिबेक दर्नालको मृत्यु भएको हो । यसैगरी ७७ बर्षीया तिलमाया बराईली, २१ बर्षीया कल्पना बराईली र १९ बर्षीया पृष्टिना बराईली घाईते भएका हुन् ।

घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । पहिरोले तेज कुमार बराईलीको घर पुर्ण रुपमा क्षति भएको तथा नजिकै रहेका २ घर उच्च जोखिममा रहेको कारण २ घर परिवारका मानिसलाई नजिकै रहेको चर्चमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर नगरपालिका–२ महारानीझोडाका ५० बर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको छ ।
गजमेर मंगलवार दिउँसो देउनिया खोलाको किनारामा मृत फेला परेका हुन् । घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्