मोरङको गछियामा अवैध उत्खनन्, जेसीबी, टिपर र ट्याक्टरसहित तीनजना नियन्त्रणमा

<span class='c1'>मोरङको गछियामा अवैध उत्खनन्,  जेसीबी,</span> <span class='c2'>टिपर र ट्याक्टरसहित तीनजना नियन्त्रणमा</span>

विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा खोलाबाट निर्माण सामाग्री झिकिरहेको अवस्थामा जेसीबी, टिपर र ट्याक्टरसहित चारजनालाई नियन्त्रणमा लिइएको छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा उत्खनन् गरिरहेको सूचनाका आधारमा प्रहरीले गरेको गस्तीमा खोलाबाटै व्यक्ति तथा उत्खनन्मा प्रयोग भएका सामाग्रीहरु नियन्त्रणमा लिइएको हो ।

 

प्रहरीले सुन्दरहरैंचा–७ गछियाबाट को १ क २३१७ नम्बरको जेसीबीसहित चालक खेमराज रिजाल र को १ क २४७१ नम्बरको जेसीबीसहित प्रताप गुरुङलाई नियन्त्रणमा लिइएको छ । यसैगरी को १ ख ५१०९ नम्बरको टिपर समेत त्यहिंबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिइएको छ ।

अस्थायी प्रहरी चौकी गछिया त्यहिं भएपनि जिल्ला प्रहरी कार्यालयबाट टोलि परिचालन भई खोलामा मिस गिटी उत्खनन् गरिरहेका अवस्थामा व्यक्तिसहित सामाग्रीहरु नियन्त्रणमा लिइएको थियो ।

 

यसैगरी मोरङको सुन्दरहरैंचा–६ गछिया खोलाबाट ढुंगा लोड गरिरहेको अवस्थामा को १ त ८७३० नम्बरको ट्याक्टर र चालक आशिष परियार नियन्त्रणमा परेका छन् । नियन्त्रणमा परेका व्यक्ति तथा निर्माणसँग सम्बन्धित साधनहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने तयारी भईरहेको प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्