सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको ९४ हजार

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको ९४ हजार

विराटनगर । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुनको मूल्य बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको हो ।

मंगलबारसम्म प्रतितोलो ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन १३ सय बढेर ९४ हजार पुगेको हो । विराटनगरमा प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको सुन चाँदी व्यवसायी संघले जनाएको छ । पछिल्ला दिनहरुमा सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।

बुधबार तेजाबी सुन प्रतितोला ९३ हजार ५६० रुपैंया पुगेको छ । चाँदीको मूल्य पनि बुधबार प्रतितोला ९५ रुपैयाँको दरले बढेको छ । चाँदीको प्रतितोला मूल्य १ हजार १३५ रुपैंया पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्