कक्षा १२ को परीक्षा असोजमा हुने

कक्षा १२ को परीक्षा असोजमा हुने

विराटनगर । कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो ।

 

कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सातामा सक्ने गरी तालिका प्रकाशन गर्ने संभावना रहेको छ ।
विगतमा परीक्षा केन्द्र तय गरिएका २५० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण ती केन्द्रहरु निर्मलीकरण गरी झण्डै दोब्बरको संख्यामा केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

 

परीक्षा सकिएको १ महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना बोर्डको छ ।यसैगरि बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयहरुले नै लिने गरी कार्यविधि समेत सार्वजनिक गरेको छ ।

 

यसअघि ११ कक्षाको समेत परीक्षा लिंदै आएको बोर्डले अब परीक्षा सञ्चालन, नतिजा प्रकाशन र लब्धाङ्कपत्र प्रदान गर्ने जिम्मेवारी विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई दिइएको हो ।

ग्रेडवृद्धिका लागि फारम भरेका विद्यार्थीको परीक्षा समेत विद्यालयले लिएपनि प्रमाणपत्र भने बोर्डले नै दिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्