विराटको लापरवाहीले संक्रमितको पहिचानमा समस्या

विराटको लापरवाहीले संक्रमितको पहिचानमा समस्या

विराटनगर । निजी अस्पतालको हेलचेक्राँईले विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका एकजना संक्रमितको पहिचान गर्न असजिलो भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका विराटनगरका एक पुरुषको पहिचानमा समस्या भएको हो ।

विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा मंगलबार उनको स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पताल पठाइएको थियो ।
तर, अस्पतालले उनको यकिन ठेगाना नराखेका कारण बुधबार कोशीको ल्याबले पोजेटिभ रिपोर्ट दिएपछि संक्रमित पहिचानमा समस्या परेको छ । विराटनगर महानगरले संक्रमितको खोजी गरिरहेको भएपनि पहिचान हुन नसकेको हो ।

बुधबार विराटनगर महानगरपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये एक जना प्रहरी कर्मचारी हुन् । उनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । अर्का संक्रमित विराटनगर महानगरपालिका–६ का छन् । अर्का भने अहिलेसम्म पहिचान हुन नसकेको हो । प्रहरीले उनको खोजि गरिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्