प्रदेश १ प्रहरी कार्यालय विराटनगर कोरोना संक्रमणको जोखिममा, थप चारजनामा पोजेटिभ

प्रदेश १ प्रहरी कार्यालय विराटनगर कोरोना संक्रमणको जोखिममा, थप चारजनामा पोजेटिभ

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीका थप चारजनामा कोरोना संक्रमण पोजिटिभ पुष्टि भएको छ ।
बुधबार एकजनामा संक्रमण पुष्टि भएसँगै, संक्रमित हुने व्यक्तिको सम्पर्कमा भएकाहरु २२ जनाको स्वाब संकलन गरिएका मध्ये चारजनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक पोखरेलका अनुसार बिहीबार चारजनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ प्रहरी कार्यालयका ११ जनाको स्वाब बुधबार संकलन गरिएको थियो । बाँकी ११ जना बुधबार संक्रमित देखिएका प्रहरीको सम्पर्कमा रहेका उनका परिवार तथा अन्य प्रहरी कार्यालयमा कार्यरतहरु रहेका थिए ।

‘२२ जनाको स्वाब संकलन गरिएको चारजनामा संक्रमण पुष्टि भएको भर्खरै जानकारी पाएका छौं’ प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो–उहाँहरुलाई उपचारका लागि भर्ना प्रक्रिया बढाउँदै छौं ।

प्रदेश १ प्रहरी कार्यालयमा बुधबार र बिहीबार पाँचजनामा संक्रमण देखिएको छ । संक्रमितहरुमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण रुघाँखोकी देखिएकोले उनीहरुलाई छुट्टै क्वारेन्टीनमा राखिएको थियो । बुधबारका संक्रमितमा समेत रुघाखोकी देखिएपछि होम क्वारेन्टीनमा बस्न सुझाव दिइएको थियो ।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार कोभिड–१९ को संक्रमण जस्तो लक्षण देखिएकाहरुलाई सुरक्षित राखिएका कारण थप जोखिम हुनसक्ने संभावना न्यून रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्