विराट नर्सिङ होम सिल गर्ने तयारी, अस्पताल प्रशासनले राज्यलाई ठग्यो

विराट नर्सिङ होम सिल गर्ने तयारी, अस्पताल प्रशासनले राज्यलाई ठग्यो

विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम) को सबै सेवा रोकिने भएको छ । अस्पतालमा कार्यरत एकजना सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा रोकेर तत्कालन सिल गरिने भएको हो ।

बुधबार कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कबिहीन भएका भनिएका विरामी अस्पताल भित्रै कार्यरत रहेको समेत खुलेको छ । अस्पतालले राज्यलाई नै गुमराहमा पार्दै पहिचान लुकाएपछि बिहीबार जिल्ला प्रशासन कार्यालयमा यसै विषयमा केन्द्रीत भएर छलफल आयोजना भएको थियो ।

सेवा रोकेर अस्पताललाई डिस्इन्फेक्टेड गरिन्छ, मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भन्नुभयो–पहिचान भईसकेपछि अस्प्तालको सेवा रोक्ने निर्देशन भएको छ ।

अस्पतालको बेइमानीपूर्ण कामको लागि बुधबारदेखि प्रहरी र विराटनगर महानगरपालिको स्वास्थ्य महाशाखालाई सास्ती पर्दै आएको थियो । प्रहरीले बुधबारदेखि लगातार गरेको अनुसन्धानपछि मात्रै संक्रमित व्यक्ति अस्पताल भित्रैका व्यक्ति रहेको खुलेको हो । संक्रमित चिकित्सक स्त्री तथा प्रसूति रोग विषेशज्ञ रहेका कारण उनीबाट हुने संभावित संक्रमणले अझै जोखिम बढाउने त्रास सिर्जना भएको छ ।

पहिचान खुलेपछि कोरोना अस्पताल विराटनगरमा भर्ना गर्ने तयारी भइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । अस्पतालमा काम गर्ने चिकित्सक र अस्पताल प्रशासन समेतको खराब नियतका कारण राज्यलाई ठगेको समेत देखिएको छ ।

प्रशासनले भने संक्रमित प्रहरीको सम्पर्कमा आएर अस्पताल भर्ना गरेपछि विराट नर्सिङ होमको प्रशासन विरुद्ध कारवाही समेत गर्ने योजना तयार गरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्