विराटनगर (विराट नर्सिङ होम) अस्पताल सिल

विराटनगर (विराट नर्सिङ होम) अस्पताल सिल

विराटनगर । अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम) सिल गरिएको छ । विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको हो ।

बुधबार विराटनगर तीनपैनी घर भएका एक चिकित्सकमा संक्रमण पुष्टि भएको थियो । अस्पतालले पहिचान लुकाएर स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएको थियो । परीक्षणमा पोजेटिभ देखिएपछि संक्रमित समेत पहिचान गर्न गाह्रो परेको थियो । अस्पतालको चिकित्सकमा संक्रमण पुष्टि भएको हल्ला चलेपछि विरामी नआउने र अस्पताल सिल गर्नुपर्ने भएकोले विराटको प्रशासनले संक्रमितको पहिचान नै लुकाएको हो ।


बुधबारदेखि प्रहरीले संक्रमित व्यक्तिको खोजी गर्ने क्रममा अस्पतालकै व्यक्ति संक्रमित भएको बिहीबार पत्ता लगाएको हो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा

आकस्मिक बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले तत्काल सिल गर्नका लागि निर्देशन दिनु भएको थियो ।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले सुचना टाँस गर्दै अस्पताल अनिश्चितकालका लागि सिल गरिएको जानकारी दिइएका हुन् । अस्पतालका व्यवस्थापनका अमित कुशवाहाले कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको स्वाब संकलन र परीक्षणको तयारी भईरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्