दश जना डिस्चार्ज, १३ जना संक्रमित थपिए

दश जना डिस्चार्ज, १३ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बिहीबार दशजनाले कोरोना परास्त गरि डिस्चार्ज भएका छन् भने १३ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ ।

 

प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय २३ पुगेको छ ।

 

प्रदेश १ मा आज ५ सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये १३ जनाका रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । आज सम्म ३८ हजार १ सय ३५ जनाको कोरोना परीक्षण गरिएको डा.मेहताले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्