विराटनगरमा पहिलो पटक फ्लेयर बारटेन्डर एकाडमी सञ्चालनमा

विराटनगरमा पहिलो पटक फ्लेयर बारटेन्डर एकाडमी सञ्चालनमा

विराटनगर । विराटनगरमा पहिलो पटक फ्लेयर बार टेन्डर एकाडमी सञ्चालनमा आएको छ । विराटनगर–१० ट्राफिक चौकमा साउन ५ गते स्थापना भएको उक्त एकाडमीले १० गतेदेखि बार टेन्डर सम्बन्धि सम्पूर्ण तालिम दिने भएको छ ।

विराटनगरका युवाहरु मिली सञ्चालनमा आएको एकाडमीले बारटेन्डर सम्बन्धि तालिम लिन काठमाण्डौं जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै विराटनगरमा नै तालिम दिने वातावरण बनाएको छ । बारटेन्डर सम्बन्धि सम्पूर्ण सिकाई कक्षाको लागि २५ हजार लाग्ने छ ।

होटल व्यवसाय क्षेत्रमा विराटनगरबाटै अब दक्ष बारटेन्डर जनशक्ति उत्पादन गर्ने एकाडमीका सञ्चालक उमेश कटुवालले बताए । पहिलो पटक सञ्चालन भएका कारण पहिलो तालिम लिन आउने २ जना व्यक्तिलाई छात्रावृत्ती उपलब्ध गराएको उनले बताए । छात्रावृत्ती पाउने विराटनगरका एक महिला र एक पुरुष रहेका छन् । विराटनगरमा लेडिज बारटेन्डर नभएका कारण महिला सहभागिताको लागि छात्रावृत्ती एक महिलालाई दिएको बताए ।

विकास राई, रोहन ताम्राकार र उमेश कटुवालको संयुक्त रुपमा लगानी गरी फ्लेयर बारटेन्डर एकाडमी सञ्चालनमा ल्याएका छन् । एकाडमी सञ्चालनका लागि १३ लाख लागत लागेको कटुवालले बताए ।

तालिम सिक्न चाहने व्यक्तिहरुले अभिभावकको स्वीकृतिपत्र लिएर आएमा मात्र फारम भर्न पाउने व्यवस्था रहेको कटुवालले बताए । उनले भने, ‘यस भन्दा अगाडी बारटेन्डर सम्बन्धी तालिमको लागि काठमाण्डांंै जानु पर्ने बाध्यता थियो । हाल विराटनगरमै बारटेन्डर सम्बन्धी सम्पूर्ण तालिम विराटनगरमै भएका कारण तालिम लिन आउने मानिसहरु सन्तोष जनक रहने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्