गोठगाउँबाट १२ जना डिस्चार्ज

गोठगाउँबाट १२ जना डिस्चार्ज

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेशन अस्पताल गोठगाउँबाट शुक्रबार बिहान १२ जना डिस्चार्ज भएका छन् ।
उनीहरुको पछिल्लो दोस्रो स्वाब परीक्षण नेगेटिभ देखिएपछि चिकित्सकको सिफारिस अनुसार डिस्चार्ज गरिएको हो ।

पीयू कोभिड–१९ उपचार केन्द्रमा हालसम्म भर्ना भएका ३४८ जनामध्ये शुक्रबार समेत गर्दा २८२ जना नागरिकले कोरोना संक्रमणलाई पराजित गरिसकेका छन् ।

डिस्चार्ज हुनेहरु १९ देखि ४० वर्ष उमेर समुहका रहेका छन् । अस्पतालमा सक्रिय संक्रमितको रुपमा उपचारतः ५९ जना रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

शुक्रबार बिहान डिस्चार्ज भई घर फर्कनेहरुमा झापा कनकाई नगरपालिकाका १ जना, इलामको इलाम नगरपालिका ४ जना र जिल्ला समन्वय समिति इलामको क्वारेन्टीनमा खटिएका नेपाली सेना १ समेत गरि ५ जना छन् ।

यसैगरी उदयपुरको बेलका नगरपालिकाका ३ जना, सुनसरएको भोक्राहा १, रामधुनी १ र इटहरी १ जना रहेको पीयू कोभिड–१९ आईसोलेशन अस्पताल व्यवस्थापनले जानकारी दिइएको छ ।

पीयू कोभिड–१९ आईसोलेशन अस्पतालबाट हालसम्म सात जनालाई धरान र कोशी कोभिड–१९ उपचार केन्द्रमा रिफर गरिएको थियो । उनीहरु कोरोना मुक्त भई घर फर्किसकेका छन् ।

प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ जना र डिस्चार्ज हुनेको संख्या ७३४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्