विराटनगरमा यसवर्ष गाईजात्रे नदेखिने

<span class='c1'>विराटनगरमा यसवर्ष</span> <span class='c2'>गाईजात्रे नदेखिने</span>

विराटनगर । झी पुचः विराटनगरले प्रत्येक वर्ष निकाल्दै आएको सामुहिक गाईजात्रा तथा अन्य विभिन्न साँस्कृतिक कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट बच्न यस वर्षको सामुहिक गाईजात्रा, लाखे नाच र अन्य कार्यक्रम पनि नगर्ने निर्णाय गरिएको हो ।

झी पुचः विराटनगरले भदौ कृष्ण प्रतिपदाका दिन असामयिक निधन भएको परिवारजनहरुको घरबाट झाँकीसहितको बृहत गाईजात्रा निकाल्दै आएको थियो ।

कोरोनाको कारण टोल–टोलमा पुगेर प्रर्दशन गरिने लाखे नाच पनि यस वर्ष नगर्ने निर्णाय गरेको झी पुचः विराटनगरका वरिष्ठ उपाध्यक्ष हरि बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार साउन १९ गते श्रावण शुक्ल पूर्णिमाको दिन ‘लाखे ख्वापा पूजा’ झी पुचः विराटनगरको प्राङगणमा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्