मुख्यमन्त्री कार्यालयमा ‘ड्यासबोर्ड’ स्थापना

मुख्यमन्त्री कार्यालयमा ‘ड्यासबोर्ड’ स्थापना

विराटनगर । प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा मन्त्रालय तथा स्थानीय तहसँगको सम्पर्क बढाउन ‘मुख्यमन्त्री ड्यासबोर्ड’ गठन गरिएको छ । नागरिकलाई सरकारका कामहरुको जाानकारी दिलाउनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ‘ड्यासबोर्ड’ गठन गरिएको हो ।

मुख्यमन्त्री शेरधन राईले शुक्रबार ड्यासबोर्डको औपचारिक उद्घाटन गर्दै सबै किसिमका सेवा प्रवाहको सूचनालाई एकिकृत प्रणालीलाई व्यवस्थित बताउनुभयो । मुख्यमन्त्री कार्यालयमा ड्यास बोर्ड गठनसँगै प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र स्थानीय तहका दैनिक कार्य अनुगमन, निर्देशन र सेवा प्रवाहको जानकारी मुख्यमन्त्री कार्यालयबाटै नियमन गरिने भएको छ ।

मुख्यमन्त्री राईले डिजिटल प्रदेशको अवधारणा कार्यन्वयनको आधारको रुपमा ड्यासबोर्डलाई अगाडी सारिएको बताउनुभयो । सरकारले अगाडी सारेको डिजिटल प्रदेशको अवधारणलाई क्रमशः कार्यन्वयन गर्दै नागरिकको घरदैलोसम्म पु¥याउने लक्ष्य राखिएको उहाँको भनाई थियो ।

प्रदेश सरकारलाई स्वीस सरकारले उपलब्ध गराएको १ अर्ब अनुदान सहयोगबाट मुख्यमन्त्री ड्यासबोर्ड स्थापना गरिएको हो । यसले प्रदेशका १३७ स्थानीय तह, मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निर्देशनालय तथा विभागहरुको कार्यप्रगतिलाई एकिकृत रुपमा परिचालन, सुपेरिबेक्षण तथा नियमन गर्न सहज हुने दावी छ । बिद्युतीय सुशासनमा सरकारका कामलाई जोड्दै नागरिकका समस्या समाधान खोज्नेमा मुख्यमन्त्री राईको जोड थियो ।

ड्यास बोर्ड स्थापनासँगै नागरिकले आफ्ना गुनासो प्रत्यक्ष रुपमा मुख्यमन्त्रीसँग राख्न पाउने छन् । सम्बन्धित मन्त्रालय र मन्त्रालय मातहतका सेवा प्रवाहका कार्यालयहरुको अनुगमन एकिकृत रुपमा मुख्यमन्त्री कार्यालयबाट गरिनेछ ।

ड्यासबोर्डले मन्त्रालयहरुको कार्यप्रगति मूल्यांकन गरि त्यसलाई रातो, हरियो, पहेंलो र निलो रङ्गमा बर्गिकृत गर्नेछ । हरियो रङ्गले ७० प्रतिशत भन्दा माथिको कार्यप्रगति, निलो रङ्गले ५० देखि ७० प्रतिशत, पहेंलो रङ्गले ४० देखि ५० प्रतिशत र रातो रङ्गले ४० प्रतिशत भन्दा मुनीको कार्यप्रगतिलाई संकेत गर्नेछ ।

सफ्टवेयर निर्माण कम्पनीका कार्यकारी निर्देशक सन्तोष भुसालका अनुसार ड्यासबोर्डको प्रयोग बढ्दै गएका सुशासन स्थापित हुनेछ । सरकारका अन्तरनिकायबीच दैनिक कार्यप्रगतिका लागि प्रतिस्प्रर्धा बढ्न सक्ने अपेक्षा समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्