औद्योगिक जनशक्ति उत्पादनमा सामाजिक मन्त्री घिमिरेको चासो

औद्योगिक जनशक्ति उत्पादनमा सामाजिक मन्त्री घिमिरेको चासो

विराटनगर । प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुसारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नदेखिएको भन्दै रोजगारदाताको माग अनुसारको जनशक्ति उत्पादन गर्ने तयारी थालिएको हो ।

सामाजिक विकास मन्त्रालयको रोजगारी प्रर्वद्धन, सीप विकास कार्यक्रम अन्र्तगत सुनसरी–मोरङ औद्योगिक करिडोरका ठुला उद्योगहरुसँग छलफल सुरु गरेको छ । उद्योगहरुको माग अनुसारको जनशक्ति तयार गर्नेगरि छलफल अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

बेरोजगारीलाई जागिर खोज्ने कामका लागि अहिलेसम्म सरकारीस्तरबाट भएका तालिम खासै उपलब्धिपूर्ण नदेखिएकाले प्रयोगात्मक तालिममा जोड दिने निश्कर्षमा सरकार पुगेको मन्त्री घिमिरेको भनाई छ । प्राविधिक धारको तालिमबाट उत्पादन भएको जनशक्ति औद्योगिक क्षेत्रका लागि योग्य र सक्षम नदेखिँदा बाहिरबाट प्राविधिक झिकाउनुपर्ने बाध्यता रहेको छ ।

मन्त्रालयले करोडौं खर्च गरेर तालिम दिने गरेपनि बेरोजगारलाई रोजगारी दिलाउन नसकेपछि उद्योगको प्रकृति र माग अनुसारको सीप दिइने भएको छ । मन्त्रालयले रोजगारदातासँग छलफल सुरु गरेकोले चालु आर्थिक वर्षबाटै रोजगारदाताको माग अनुसारको प्राविधिक तथा सीप विकास तालिम आयोजना गरिने मन्त्री घिमिरेको दावी छ ।

उद्योगका लागि बार्षिक ५ हजार जनशक्ति आवश्यक पर्ने सर्वेक्षण गरिएको भएपनि चालु आर्थिक वर्षमा २ हजार प्राविधिक जनशक्ति उत्पादन गरिने छ ।
सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा अरिहन्त मल्टिफाईवर्स, रिलायन्स स्पीनिङ, पशुपति विस्कुट र तालिम प्रदायक संस्था मनमोहन पोलिटेक्नीकबीच छलफल गरेको छ । रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलले मासिक औषतमा १ सयसम्म जनशक्ति उद्योगका लागि माग हुने गरेको जानकारी दिनुभयो । लकडाउन अघि ४ हजार ३ सय हाराहारीमा कामदार रहेपनि अहिले केही घटेको उहाँको भनाई थियो ।

माग र आपूर्तिको दरमा फेरबदल रहेपनि मासिक एकसय कामदारलाई कुनै न कुनै फाँटामा आवश्यक पर्ने उद्योगका प्रशासनका प्रतिनिधिको दावी छ । अहिलेसम्म उद्योगले आफ्ना लागि कामदारलाई तालिम आफैं दिदैं आएका थिए ।

अरिहन्तका नारायण लामिछानेले दीर्घकालिन योजना सहित मन्त्रालयले काम गर्न आवश्यक रहेकोले जनशक्तिको आवश्यकता सर्वेक्षण गरेर दक्ष प्राविधिकमार्फत तालिम आयोजना गर्नुपर्ने बताउनुभयो । उद्योगको प्रकृति अनुसारको तालिम भए रोजगारी दिन समस्या नहुने उहाँको भनाई थियो ।
मनमोहन पोलिटेक्निककी प्रकृति भट्टराईले अहिले चलन चल्तीमा रहेका ३ महिने तालिम उपलब्धीमूलक नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्