कोशी अस्पतालले समयमै भर्ना नगर्दा एम्बुलेन्स भित्रै विरामीको मृत्यु

<span class='c1'>कोशी अस्पतालले समयमै भर्ना नगर्दा</span> <span class='c2'>एम्बुलेन्स भित्रै विरामीको मृत्यु</span>

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षले विरामीलाई भर्ना गराएर उपचार नगर्दा विरामीको एम्बुलेन्समै मृत्यु भएको छ ।
ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थयकर्मीले इमर्जेन्सी कक्षमा भर्ना गर्न नमानेपछि आकस्मिक कक्ष बाहिर पुगेको एम्बुलेन्स भित्रै उनको ज्यान गएको हो ।

उदयपुरको कटारी नगरपालिका–५ बाट एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगर ल्याइएका २३ बर्षीय पदमबहादुर राईको ज्यान गएको छ । राईलाई स्वास फेर्न समस्या भएपछि स १ च १२०५ नम्बरको एम्बुलेन्सबाट उनलाई कोशीमा ल्याइएको थियो ।

 

विरामी लिएर दुईजना महिलाहरु आएका थिए । आफूले ल्याएको विरामीको एम्बुलेन्समै मृत्यु भएपछि उनीहरु हतास् भएका थिए । चालक सुवास तामाङका अनुसार पौने ३ बजे अस्पताल परिसरमा आईपुगेको एम्बुलेन्सबाट विरामी झार्न अस्पताल प्रशासनले अस्वीकार गरेको थियो ।


अस्पतालले तत्काल विरामी भर्ना गर्नुपर्ने भएपनि त्यसो नगरि अल्मल्याउने काम मात्रै गरेको थियो । अस्पताल आईपुगेको एकघण्टा भित्र विरामीको मृत्यु भएको चालक तामाङले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले विरामी क्रिटिकल अवस्थामा देखिएकोले धरान पु¥याउनु पर्ने अवस्था देखिएको थियो । तत्काल धरान पठाउन समन्वय गरिरहेको अवस्थामा विरामीको मृत्यु भएको मेसु दासको दावी छ । मेसु दासले कोशी कोभिड–१९ उपचार केन्द्रका इन्चार्ज डा.दिपक सिग्देलसँग परामर्श गरेपछि धरान पठाउनु पर्ने निष्कर्ष निकालिएको थियो ।

अस्पताल परिसरमै विरामीको मृत्यु भएपछि स्वाब संकलन गरेर परीक्षण गरिने भएको छ । साथै विरामी लिएर आएका दुईजना महिलाको समेत स्वाब संकलन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्