सशस्त्रका १८ जनामा कोरोना संक्रमण

सशस्त्रका १८ जनामा कोरोना संक्रमण

विराटनगर । झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

साउन ७ गते ४८ जनाको स्वाब संकलन गरि बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । जसमध्ये १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईँले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीमा कार्यरत एक महिलासहित १८ जनामा कोरोना पुष्टि भएसँगै क्याम्पलाई पूर्ण सील गरिएको मेचीनगर नगरपालिका सामाजिक बिकास समितिका संयोजक नविन बरालले जानकारी दिनुभयो ।
झापामा शुक्रवार बिर्तामोड नगरपालिकामा एक जना पुरुष, बाह्रदशी र झापा गाउँपालिकामा समेत थप ३÷३ जना पुरुषमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।

यो सङ्ख्या समेत गरि झापामा जम्मा ३४५ जनामा कोरोना पुष्टि भएको छ । पूर्वी नाकामा सुरक्षाको काममा खटिएका सशस्त्र प्रहरीमा नै ठूलो संख्यामा कोरोना संक्रमण भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टि भएपछि काकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित छन् । तत्कालका लागि काकरभिट्टा क्षेत्र सिल गरेर कन्ट्याक ट्रेसिङ मार्फत संक्रमणको जोखिममा परेकाहरुको खोजी गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्