संक्रमित चिकित्सक वीपीमा भर्ना, विराटबाट विरामी धमाधम घर पठाईदै

संक्रमित चिकित्सक वीपीमा भर्ना, विराटबाट विरामी धमाधम घर पठाईदै

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आएपछि घरमै उपचार गराउने अडान लिदैं आएका विराटनगर अस्पतालका मुख्य सञ्चालक एवं चिकित्सक अस्पताल भर्ना भएका छन् । उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनु भएको हो ।

शुक्रबार राती वीपी प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा ६५ वर्षीय संक्रमित चिकित्सक भर्ना भएका छन् । उनलाई पाँचदिन अगाडी गत मंगलबार संक्रमण पुष्टि भएपछि पहिचान लुकाएर सम्पर्कबिहीन भएका थिए ।

प्रशासन तथा प्रहरीको अनुसन्धानबाट बिहीबार पहिचान खुलेपछि दवावमा परेका र आलोचनाको केन्द्र बनेका उनी घरमै उपचार गराउने अडान कस्दै आएका थिए । आफ्नो अस्पतालमा विरामी नआउलान् भनेर उनले पहिचान लुकाएको आरोप लगाइदै आएको छ ।
उनको पहिचानपछि विराटनगर अस्पताल सिल गरिएको छ । तर, सिल गरिएको अस्पतालमा भर्ना भएका विरामीहरु भने धमाधम डिस्चार्ज गरिदैं आएको छ । स्थानीय सरकार विराटनगर महानगरपालिकाको भूमिका शंकास्पद रहेका कारण संक्रमण अन्य जिल्लासम्म पग्ने संभवना समेत बढ्दै गएको छ ।

विराटनगर अस्पतालमा मंगलबारसम्म २०० विरामी बेडमा विरामी भर्ना भएका थिए । उनीहरुको कुरुवा बसेका व्यक्तिहरु समेत रहेका थिए । अस्पतालका मुख्य सञ्चालक संक्रमित भएपछि प्रशासनका कर्मचारीहरुको उनीसँग बारम्बार सम्पर्क हुने संभावना रहन्छ । प्रशासनका कर्मचारीसँग कुरुवाको र कुरुवासँग विरामीको सम्पर्क हुनसक्ने संभावना रहन्छ ।

स्वाब संकलन नगर्दै शुक्रबारसम्म धमाधम डिस्चार्ज गरेर घर फर्काउनेदेखि रेफर गर्नेसम्मको काम गरिएको छ । अर्कोतर्फ स्त्री तथा प्रसुती रोग विशेषज्ञलाई कोरोना संक्रमणको लक्षण देखिदाँसम्म अस्पतालमै रहेका थिए । त्यतिबेलासम्म गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षणदेखि प्रसुती गराउनेसम्मको काम गरिरहेका थिए ।

त्यसरी परीक्षण गरिएका वा प्रसुती गराइएका व्यक्तिहरुको तथ्यांक अध्ययन गरेर उनीहरुको पहिचान गर्नेतर्फ अहिलेसम्म कसैले ध्यान दिइएको देखिदैन । अस्पतालका संक्रमित व्यक्तिको परिवार तथा अन्य समेत गरि सम्पर्क पहिचानका आधारमा ५८ जनाको स्वाब नमूना संकलन गरिएको छ । उनीहरुको रिपोर्ट शनिबार साँझसम्ममा आउने संभावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्