विराटनगरमा ९० वर्षीया ज्येष्ठ नागरिक संक्रमित

<span class='c1'>विराटनगरमा ९० वर्षीया</span> <span class='c2'>ज्येष्ठ नागरिक संक्रमित</span>

विराटनगर । विराटनगरका तीन जनासहित प्रदेश १ मा १० जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–६ का ९० वर्षीया ज्येष्ठ नागरिकसहितसहित २ जना र विराटनगर घोघापुलका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर–६ मा दुईदिन अगाडी संक्रमित फेला परेकै घरमा शनिबार अन्य दुईजनामा संक्रमण देखिएको छ ।

घोघापुलका संक्रमित चिकित्सक हुन् । उनी कोशी अस्पतालका नवआगन्तुक हुन् । केहि दिन अगाडी मात्रै आएका उनी अस्पतालमा काम गर्न जानु अगाडी गरिएको पीसीआर परीक्षणमा पोजेटिभ आएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक हैदर अलीले जानकारी दिनुभयो ।

प्रदेश १ मा शनिबार (आज) १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको हो ।

आज मोरङको पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र ते¥हथुममा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८९१ पुगेको छ ।

 

प्रदेश १ मा शनिबार ४४१ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आजसम्म ३९ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्