योजना अनुगमनमा मन्त्री घिमिरेको निरन्तरता

<span class='c1'>योजना अनुगमनमा मन्त्री</span> <span class='c2'>घिमिरेको निरन्तरता</span>

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिनु भएको छ ।
आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ (ख) अन्र्तगतका योजनाहरुको पहिलो चरणको अनुगमन सम्पन्न गरेर आर्थिक वर्ष २०७६–०७७ मा सांसद विकास कोष अन्र्तगतका योजनाहरुको अनुगमन थालिएको हो ।

मन्त्री घिमिरेले विराटनगर १, २, ३, ८, १०, कटहरी १, २ र ३ नम्वर वडाका योजनाहरुको अनुगमन सम्पन्न गर्नु भएको छ । हरेक शनिबार अनुगमन र निर्वाचन क्षेत्रका बासिन्दासँग छलफल गर्ने कार्यक्रम राखिएको छ ।
कार्यक्रम, योजनाका बारेमा स्थानीयबासीका सुझाव र सल्लाह अनुसारको योजना बनाउने गरेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले हरेक शनिबार योजना अनुगमन र स्थानीयसँगको छलफल अन्र्तक्रियालाई निरन्तरता दिने बताउनुभयो ।

मन्त्री घिमिरेसँगै स्थानीयवासी, उपभोक्ता समितिका सदस्यहरु पनि सहभागी हुने गरेका छन् । शनिबार (आज) विराटनगर १ अन्र्तगतका कार्यक्रम तथा योजनाहरुको अनुमगनका साथै जेष्ठ नागरिकहरुसँग छलफल गरिएको थियो । जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालनका लागि बजेट उपलब्ध गराएकोमा मन्त्रीप्रति आभार व्यक्त गरेका थिए ।

मन्त्री घिमिरेले विराटनगर १ मा बाढीले कटान गरेको स्थानको पनि अनुगमन गर्नुभएको छ । कटानले स्थानीय मञ्जु अधिकारीको घरमा क्षति पुगेकाले कटान नियन्त्रणका लागि ५ लाख उपलब्ध गराईएको छ । सांसद विकास कोष अन्र्तगत गत आर्थिक वर्षमा वडा नं. १ मा विष्णुमायाँ सामुदायिक भवनका लागि १५ लाख, विजयपुर टोल हुँदै जानकी मार्गमा वाल र तथा ग्राभेल सडकका लागि ५ लाख, चिनारी मार्ग पिच सडकका लागि १५ लाख, चिनारी मार्ग रिटेनिङ वाल निर्माणका लागि ७ लाख, शिव मार्ग नाला र ढलानका लागि ७ लाख ५० हजार, जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालनका लागि २ लाख, शिव आधारभुत विद्यालयको घेरावाराका लागि ५ लाख, राधाकृष्ण भूपालमानसिंंह कार्की माविमा सूचना प्रविधि कार्यक्रमका लागि ६५ हजार, पाथिभरा मन्दिर जाने सडक निर्माणका लागि २० लाख, दुर्गा मन्दिर जाने सडक निर्माणका लागि ४५ लाख वजेट विनियोजन गरिएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्