‘पिक एण्ड ड्रप’ सेवासहित विराटनगरमा ब्रिसकी

<span class='c1'>‘पिक एण्ड ड्रप’</span> <span class='c2'>सेवासहित विराटनगरमा ब्रिसकी</span>

विराटनगर । विराटनगरमा कुनैपनि सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउनको लागि ‘पिक एण्ड ड्रप’ को सुबिधा सहित ‘ब्रिसकी’ आजबाट संचालनमा आएको छ । आइतबारदेखि औपचारिक रुपमा विराटनगर वरीपरीलाई लक्षित गरेर बिभिन्न किसिमका सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन उक्त सेवा संचालन गर्न लागिएको हो ।

यस किसिमको सेवा विराटनगरमा पहिलो पटक संचालन हुन लागेको छ । ब्रिसकीलाई अनलाइनको माध्यमबाट जानकारी गराएर विभिन्न किसिमका सामान आफुले चाहेको ठाउँसम्म पुर्याउन सकिने संस्थाका निर्देशक हितेष धाडेवाले बताए । दुधजन्य सामान, घरमा खाना पकाउने ग्याँस, विभिन्न कायालयका डकुमेन्ट, केक, खानेकुरा, ड्रिंक्स लगायतका सामान इच्छाएको ठाउँसम्म सुरक्षितरूपमा पुर्याउने सञ्चालकको दाबी छ ।

 

ब्रिसकीले २४ घण्टाको सेवा, एक घण्टा भित्रमा डिलेभरी, सेवाका लागि न्यूनतम अर्डरको मापदण्ड नभएको लगायतको सेवा दिने धाडेवाले बताए । सेवा सञ्चालनको पहिलो दिन उक्त संस्थाले पनिर तथा ध्यूमा आकर्षक छुटको व्यवस्था पनि गरेको छ । साथै आगामी दिनमा अन्य छुट तथा सेवा विस्तार पनि गर्दै लगिने सञ्चालकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्