अत्यावश्यक बाहेक विराटनगर महानगरपालिकाको सेवा बन्द, व्यवसायीले सावधानी अपनाउनु पर्ने

अत्यावश्यक बाहेक विराटनगर महानगरपालिकाको सेवा बन्द, व्यवसायीले सावधानी अपनाउनु पर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यन्वयनमा कडाई गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा फैलन सक्ने संभावनालाई मध्यनगर गर्दै महानगरले सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सचेतना पालनामाा कडाई गरिने भएको हो ।

आइतबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमणको समुदायस्तरको रोकथामका लागि अपनाउनु पर्ने सबै विधि कडाईपूर्वक कार्यन्वयन गरिने निर्णय गरिएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले संक्रमण समुदायस्तरमा पुग्न नदिन अपनाउनु पनर्ने स्वास्थ्य प्रोटोकलमा कडाई गरिने जानकारी दिनुभयो ।

बैठकले भिन्नै कार्यदल बनाएर समुदायस्तरमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाउनु पर्ने विधिको अनुगमन तथा कार्यन्वयन गराउने निर्णय गरेको छ । महानगर क्षेत्र भित्रका पसलका सञ्चालक तथा कामदारले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने निर्णय गरिएको छ । महानगरले गठन गरेको कार्यदलले नियमित अनुगमन गर्दा पहिलो पटक मास्क नलगाएको अवस्थामा भेटिएका व्यवसायी तथा कामदारलाई १० रुपिँया लिएर मास्क उपलब्ध गराइने छ । यदि दोस्रो पटक समेत मास्क नलगाएको र स्वास्थ्य सुरक्षा प्रोटोकल नपनाएको पाइएमा १५ दिनका लागि पसल बन्द गरिने निर्णय गरिएको छ ।

यसैगरी महानगरपालिका कार्यालयसहित वडा कार्यालयहरुमा हुने भीडलाई रोक्न अत्यावश्यक बाहेकका सबै सेवा प्रवाहका कामहरु बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले घरनक्सा पास, सामााजिक सुरक्षा भक्ता वितरण तथा कार्ड नविकरण जसता कामहरु तत्काललाई नगर्ने निर्णय गरेको हो ।

यसैगरी महानगर क्षेत्रमा परीक्षणको दायरा बढाउँदै समुदायस्तरको अवस्था यकिन गरिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ । मेयर पराजुलीले भन्नुभयो–हाटबजार लगायतका अनावश्यक भीडभाडमा कडाई गरिने छ, अनावश्यक रुपमा घर बाहिर निस्कने कार्यलाई रोक्नका लागि आग्रह । संक्रमणको अवस्था हेरेर कुनैपनि बेला लकडाउनमा जान सकिने संभावना रहेको मेयर पराजुलीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्