विराटनगरमा २२ सहित प्रदेश १ मा ३१ संक्रमित थपिए

विराटनगरमा २२ सहित प्रदेश १ मा ३१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज आइतबार ३१ ज्ना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङका संक्रमित विराटनगरका १९ पुरुष र ३ महिला हुन् । इलामको इलाम नगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माकोरोना संक्रमितको संख्या ९२२ पुगेको छ ।

प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिलार ४ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्